काठमाडौं । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले नयाँ पार्टी खोल्ने चर्चा भइरहेका बेला 'प्रचण्डपथ'लाई आधार बनाएर फेरि पार्टी खोल्नु देशका लागि दुर्भाग्यपूर्ण हुने दाबी गरेका छन्।
शनिबार सञ्जालमार्फत मिश्रले आफूले पनि २०७४ सालमा 'प्रचण्डको संविधान २०७२' को वैचारिकतालाई आत्मसात गर्दै 'प्रचण्डपथगामी' पार्टी शुरु गर्नु जीवनकै ठूलो भूल भएको महसुस गरेको उल्लेख गरेका छन्।
उनले गलत बाटोमा लागेको अनुभूति भएपछि पाँच वर्षपछि 'मार्ग परिवर्तन' गरेको बताएका छन्। अहिलेको संविधान २०७२ ले अन्ततः नेपाललाई अस्तित्व संकटतर्फ धकेल्ने चेतावनी दिँदै उनले भनेका छन्, “नयाँ खुल्ने पार्टीले सुरुमैँ ‘पृथ्वीपथ’लाई अंगिकार नगरी ‘प्रचण्डपथ’लाई नै अँगाल्यो भने त्यो भावी पुस्ताका लागि महादुर्भाग्यपूर्ण हुनेछ।”
उनले प्रचण्डपथले सिर्जना गर्ने अशान्ति र अस्थिरता नेपाल मात्र होइन, भारतसहित छिमेकीका लागि पनि सुखद नहुने टिप्पणी गरेका छन्। उनले संविधानलाई 'प्रचण्डको संविधान २०७२' का रुपमा टिप्पणी गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असोज २०८२, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइरालालाई रवीन्द्र मिश्रको पत्र -यस्तो पाराले राजनेता भइन्छ ?
निर्वाचन अगाडि नै रवीन्द्र मिश्रको भविष्यमा कालो बादल
पर्सा–३ बाट रवीन्द्र मिश्र प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस
रवीन्द्र मिश्रलाई भेट्न घरमै पुगे लिङदेन
रवीन्द्र मिश्र धरौटीमा रिहा
रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित