काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट केन्द्रीय उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रत्यक्षतर्फ पहिलो प्राथमिकतामा राख्दै उम्मेदवार सिफारिस गरेको छ ।
राप्रपा पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ कार्यसमितिको मंगलबार बसेको बैठकले आगामी फागुन २९ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । सो निर्णयअनुसार क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमिति पर्सालाई उम्मेदवारहरूको नामावली पठाएको छ ।
क्षेत्रीय अध्यक्ष नरेन्द्र प्रसाद चौरसियाद्वारा जिल्ला अध्यक्षलाई पठाइएको पत्रमा पार्टीको संसदीय समितिको मंसिर २८ गतेको निर्णय तथा जिल्ला कार्यसमितिको परिपत्रअनुसार उम्मेदवार सिफारिस गरिएको उल्लेख गरिएको छ ।
प्रत्यक्षतर्फ मिश्रपछि केन्द्रीय सदस्य अंगद ठाकुर, पूर्व केन्द्रीय सदस्य नगिना कुमार यादव, क्षेत्रीय अध्यक्ष नरेन्द्र प्रसाद चौरसिया र दिपेश साहको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी समानुपातिकतर्फ मधेशी पुरुष कोटाबाट चन्द्रिका सहनी, सुजित त्रिपाठी र मुकेश साह तथा मधेशी महिला कोटाबाट प्रियंका कुमारी यादव र गुडिया देवीको नाम सिफारिस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ पुस २०८२, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फेरि 'प्रचण्डपथ'मै पार्टी खोल्ने बुद्धि कसैलाई नआओस् : रवीन्द्र मिश्र
रवीन्द्र मिश्रलाई भेट्न घरमै पुगे लिङदेन
रवीन्द्र मिश्र धरौटीमा रिहा
रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित
रवीन्द्र मिश्र र धवल शमशेर सम्पर्कविहीन, जिम्मा लिने वकिललाई ५० हजार जरिवाना
रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश चुँडाल र श्रेष्ठको इजलासमा