काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजेड आन्दोलनका सहिद परिवारसँग भेटघाट गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले हिजो साँझ काठमाडौँको बनस्थलीमा पुगेर सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग भेटघाट गरेकी हुन् ।
यसै गरी प्रधानमन्त्रीले नागार्जुन नगरपालिका–३ पुगेर सहिद कान्छी नगरकोटीका परिवार र कीर्तिपुरस्थित मैत्रीनगर पुगेर सहिद बुद्धिबहादुर तामाङको परिवारसँग भेट गरेकी थिइन् ।
प्रधानमन्त्री कार्कीसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल पनि सहिद परिवारलाई भेट्न गएका थिए। मन्त्री खरेलले सहिद परिवारसँग भेट गरिसकेपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै भने, “सम्माननीय प्रधानमन्त्रीज्यूले यस वर्ष विजया दशमीका अवसरमा टीका लगाउनु भएन, मैले पनि टीका लगाइन, जेनजेड आन्दोलनका सहिद परिवारसँग आज भेटघाट र कुराकानी गरियो, सहिदको रगतले न्याय पाउनुपर्छ भन्ने चाहना सहिद परिवारको रहेको थियो ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ असोज २०८२, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनको मागहरू नयाँ सरकारले पूरा गरोस् : प्रधानमन्त्री कार्की (पूर्णपाठ)
राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की
असामान्य परिस्थितिमा पनि निर्वाचन गर्न सफल भएकोमा प्रधानमन्त्री कार्कीद्वारा खुसी व्यक्त
प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको शिष्टाचार भेट
प्रधानमन्त्री कार्कीद्वारा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजा अर्चना
कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की