काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजेड आन्दोलनका सहिद परिवारसँग भेटघाट गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले हिजो साँझ काठमाडौँको बनस्थलीमा पुगेर सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग भेटघाट गरेकी हुन् ।
यसै गरी प्रधानमन्त्रीले नागार्जुन नगरपालिका–३ पुगेर सहिद कान्छी नगरकोटीका परिवार र कीर्तिपुरस्थित मैत्रीनगर पुगेर सहिद बुद्धिबहादुर तामाङको परिवारसँग भेट गरेकी थिइन् ।
प्रधानमन्त्री कार्कीसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल पनि सहिद परिवारलाई भेट्न गएका थिए। मन्त्री खरेलले सहिद परिवारसँग भेट गरिसकेपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै भने, “सम्माननीय प्रधानमन्त्रीज्यूले यस वर्ष विजया दशमीका अवसरमा टीका लगाउनु भएन, मैले पनि टीका लगाइन, जेनजेड आन्दोलनका सहिद परिवारसँग आज भेटघाट र कुराकानी गरियो, सहिदको रगतले न्याय पाउनुपर्छ भन्ने चाहना सहिद परिवारको रहेको थियो ।”
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ असोज २०८२, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेदभाव मुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छ’: प्रधानमन्त्री कार्की
‘घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दै छ’: प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
‘अख्तियारले रफ्तार बढाएको छ, भ्रष्टाचारको छानबिनका लागि छुट्टै आयोग आवश्यक देखिएन’: प्रधानमन्त्री कार्की
संसद् पुनर्स्थापनाको मागले राष्ट्रलाई पुनः अस्थिरताको चक्रमा धकेल्न सक्छ: प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले भोलि चुनावबारे १२३ दलहरूसँग छलफल गर्दै