काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादशैँमा टीका तथा जमरा लगाउने भएकी छिन् ।
बडादशैँ हर्षोल्लासका साथ मनाउने पर्व भए पनि गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइतेको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए ।
जेन-जी आन्दोलनका क्रममा निधन हुनेको संख्या ७६ रहेको छ भने अझै करिब ४० जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस घडीमा आफू टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाइदिने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असोज २०८२, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, निर्वाचनमा ढुक्कसँग सहभागी हुनुस् : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
कुलमानलाई प्रधानमन्त्रीको प्रश्न– 'दलीय आवद्दता खुल्यो, अव के गर्ने ?'
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की