काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका निवर्तान सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ।
रास्वपा प्रवक्ता मनीष झाले सोमबार बिहान विज्ञप्ति जारी गरी पार्टीका २१ निवर्तमान सांसदलाई रातो पासपोर्ट र सांसदको परिचयपत्र जतिसक्दो चाँडो संसद् सचिवालयमा बुझाउन अनुरोध गरेका हुन्।
साथै रास्वपाले सबै तहका नेतालाई चाडपर्वका बेला शुभकामना पत्रबाहेक कुनै किसिमका उपहार नलिन पनि निर्देशन दिएको छ।
जेनजी आन्दोलनका क्रममा ७५ जनाको मृत्यु भएकाले देश शोकमा रहेको कुरा रास्वपाले स्मरण गराएको छ।
‘तसर्थ यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन सबै तहका पार्टीपंक्तिमा अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असोज २०८२, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले जेनजी आन्दोलनको एक महिनाको स्मृतिमा ‘श्रद्धा सुमन सभा’ गर्ने
रास्वपाका केन्द्रीय सदस्य प्रभात अधिकारीले पार्टी छोडे
इन्तु, किन्तु र परन्तु नभनी निर्वाचनमा सहभागी हुनुपर्छ : रास्वपा
रास्वपा बैठक आज पनि बस्दै, तीन एजेन्डा बाँकी
रास्वपाको केन्द्रीय समिति बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक