काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका निवर्तान सांसदहरूलाई यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ।
रास्वपा प्रवक्ता मनीष झाले सोमबार बिहान विज्ञप्ति जारी गरी पार्टीका २१ निवर्तमान सांसदलाई रातो पासपोर्ट र सांसदको परिचयपत्र जतिसक्दो चाँडो संसद् सचिवालयमा बुझाउन अनुरोध गरेका हुन्।
साथै रास्वपाले सबै तहका नेतालाई चाडपर्वका बेला शुभकामना पत्रबाहेक कुनै किसिमका उपहार नलिन पनि निर्देशन दिएको छ।
जेनजी आन्दोलनका क्रममा ७५ जनाको मृत्यु भएकाले देश शोकमा रहेको कुरा रास्वपाले स्मरण गराएको छ।
‘तसर्थ यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन सबै तहका पार्टीपंक्तिमा अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असोज २०८२, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामतीभित्रका कुनै पनि समूह र अभियानसँग हाम्रो सम्बन्ध छैन : रास्वपा
बालेन साह रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत चयन
रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने रास्वपाको तयारी
रास्वपा शीर्ष नेतृत्वबीच सरकार गठन र रणनीतिबारे छलफल