अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जिप (फोर्स गाडी ) दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फजाँदै गरेको लु १ ज ४७२४ को सो जिप आज बिहान सन्धिखर्क–ढोरपाटन सडकखण्डमा दुर्घटना भएको हो।
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।
मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका १० वर्षीया अरुणा थापा र मदाने–७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसिले बताए।
घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ। एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असोज २०८२, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते