अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जिप (फोर्स गाडी ) दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फजाँदै गरेको लु १ ज ४७२४ को सो जिप आज बिहान सन्धिखर्क–ढोरपाटन सडकखण्डमा दुर्घटना भएको हो।
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा २४ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।
मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका १० वर्षीया अरुणा थापा र मदाने–७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसिले बताए।
घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ। एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ असोज २०८२, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु