सुर्खेत । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष छन् ।
उनीहरूको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले बताए।
आइतबार बिहान करिब ८:४० बजे सल्यानको कपूरकोट गाउँपालिका ३, चोरखोलामा राप्ती राजमार्गमा लु २ ख ६४०२ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब ३००,४०० मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका २ महिला र २ पुरुषलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।
घाइते हुनेहरूमा रुकुम पश्चिम, बाफिकोट गाउँपालिका ५ बस्ने ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असोज २०८२, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु