सुर्खेत । रत्न राजमार्ग अन्तर्गत सुर्खेतको बिउरेनी नजिकै भएको ईभी गाडी दुर्घटनामा परी १७ जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार, घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ।
आइतबार बिहान क.प्र.०२००१ ख ११२९ नम्बरको ईभी गाडी दुर्घटनामा घाइते हुनेहरूमा चालकसहित विभिन्न जिल्लाका यात्रुहरू रहेका छन्।
घाइतेमध्ये सुर्खेत बराहताल गाउँपालिका-४ का ३८ वर्षीय चालक हरि मल्लको कम्मरमा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असोज २०८२, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते