तलब निकासा नगर्ने पालिका र प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

सफल खबर संवाददाता

शनिबार, ११ असोज २०८२, १० : २१
तलब निकासा नगर्ने पालिका र प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्री पुनको चेतावनी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दसैँको बेला समेत तलब निकासा नगर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका छन् । 

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'दसैँ तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरी दिएन भनेर धेरै गुनासो आएको छ । शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाई सकेको छ । भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यसता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ ।' 

साथै मन्त्री पुनले स्थानीय पालिकाहरूलाई पनि तलब नरोक्न आग्रह गरेका छन् ।  'शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाई सकेको छ। भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यसता पालिकालाई नियमानुसार कारबाही गरिनेछ' उनले भनेका छन् ।