काठमाडौ । शिक्षामन्त्री महावीर पुनले स्वच्छ र नैतिकवान युवा नेताहरुको बहुमत बिना देशमा ठुलो परिवर्तन सम्भव नहुने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भ्रष्टाचार नियन्त्रण, सुशासन सुनिश्चित र नेपाललाई आर्थिक सम्पन्नतामा लैजान सक्षम युवा प्रतिनिधिहरु छान्न सबैलाई आह्वान गरेका हुन्।
उनले लेखेका छन्, “भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, विदेशीहरुले चलखेल गर्न नपाओस् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आओस् भन्ने सपना देख्ने सम्पूर्ण नेपालीहरुले योग्य, नैतिकवान र दृढ संकल्प भएको युवा जनप्रतिनिधि छान्न कत्ति पनि भैझगडा नगरी संगठित रूपमा चुनावमा भाग लिने तयारीमा लाग्नुपर्छ।”

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० असोज २०८२, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘अनुसन्धान र आविष्कार कागजमा मात्र सीमित हुनु हुँदैन’ : महावीर पुन
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक’ : महावीर पुन
शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगे सुधन गुरुङ र महावीर पुन
‘बाँदर समस्या समाधानमा अनुसन्धान आवश्यक’ : महावीर पुन
‘तत्कालीन नेतृत्वले जेन जेड आन्दोलनको जिम्मेवारी स्वीकार गर्नुपर्छ’ : महावीर पुन
संसदमा म पक्ष,विपक्ष भन्दा पनि निष्पक्ष छुः महावीर पुन