काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको बताएकी छिन् । कार्कीले आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।
गत भदौ २३ र २४ गतेको जेन जेड समूहको आन्दोलन र उत्पन्न परिस्थितिमा पूर्व प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा भदौ २७ गते निर्वाचन गराउने जिम्मेवारीसहित आन्तरिक सरकार गठन भएको थियो । सरकार गठनपछि प्रधानमन्त्री कार्कीले आज सिंहदरवारबाट पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् ।
उनको सम्बोधनअघि विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरवारमा सम्पन्न भएको थियो । तोकिएको मिति आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउन सरकार कटिबद्ध रहेको उनको भनाइ थियो ।
उनले विदेशमा रहेका नेपाली मतदातालाई मतदान गराउने उपायको समेत खोजी गरिरहेको जानकारी दिइन् । उत्साहका साथ निर्वाचनमा भाग लिइ युवापुस्ताको मागबमोजिम योग्य व्यक्तिलाई निर्वाचित गराउन उनले सबैलाई आग्रह गरेकी छिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असोज २०८२, १८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीद्वारा शीर्ष नेताको संयुक्त बैठक आह्वान
प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनका लागि गृहकार्य भइरहेको प्रधानमन्त्रीको दाबी
सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीको टिप्पणी : ‘हामी सबैको आलोचना खेप्ने अचानो होइनौँ’
सरकारी कर्मचारीले हप्तामा एक दिन परम्परागत पोसाक लगाउनुपर्ने प्रधानमन्त्री कार्कीको प्रस्ताव
प्रधानमन्त्री कार्कीले भनिन् : ‘राष्ट्र संघको सहयोगको कदर गर्छौँ
प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत सोङको भेटवार्ता