काठमाडौँ । निर्वाचन आयोगले आउँदो कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेका हुन् । कात्तिक मसान्तसम्म आगामी २० फागुनसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी नामावली संकलन र अद्यावधिक गरिने आयोगले जनाएको छ ।
जेन जेड विद्रोहपश्चात् सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले २१ फागुनका लागि निर्वाचन घोषणा गरेको छ । निर्वाचन घोषणापछि मतदाता नामावली संकलन रोकिने व्यवस्था रहे पनि सरकारले अध्यादेशमार्फत उक्त व्यवस्थालाई परिमार्जन गरेसँगै नयाँ निर्णय गर्दै मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असोज २०८२, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तोकिएको जरिवाना नबुझाएका ६ वटा राजनीतिक दलको दर्ता खारेज
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह