जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे

सफल खबर संवाददाता

बुधबार, ०८ असोज २०८२, १८ : ४२
जेन जेड आन्दोलनका घाइतेलाई अर्थमन्त्री खनालले भेटे

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले जेन जेड आन्दोलनका घाइतेलाई भेटेका छन् । मन्त्री खनालले बुधबार विराटनगर पुगेर  सुनसरीको इटहरीमा प्रदर्शनका क्रममा गोली लागेर घाइते भएका मोरङको बुढीगंगा-७ का सान्तनु ढकाललाई भेटेका हुन् ।

घाइते ढकालको अहिले विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । अस्पतालका अनुसार, सान्तनुलाई नि:शुल्क उपचार प्रदान गरिएको छ । ढकाललाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस