काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन्।
फेसबुकमार्फत सार्वजनिक अपिल गर्दै मन्त्री पुनले अस्तीदेखि मोबाइल, मेसिन्जर र ह्वाट्सएपमा हजारौं कल र सन्देश आइरहेको बताए। आफू हाल मन्त्रालयमा सिर्जनशील र सक्षम टिम बनाउन व्यस्त रहेको उल्लेख गर्दै उनले केही दिनको लागि अनावश्यक सम्पर्क नगर्न आग्रह गरेका हुन्।
'म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टीम बनाउन व्यस्त छु। त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला,' उनले स्टाटसमा लेखेका छन्।
पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री बनेका हुन्। मन्त्री पद सम्हालेपछि उनले मन्त्रालयमै डेरा बनाएर काम थालेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ असोज २०८२, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘तत्कालीन नेतृत्वले जेन जेड आन्दोलनको जिम्मेवारी स्वीकार गर्नुपर्छ’ : महावीर पुन
संसदमा म पक्ष,विपक्ष भन्दा पनि निष्पक्ष छुः महावीर पुन
भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन
प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई दिएको नियुक्ति १०० प्रतिशत गलत : महावीर पुन
राजनीतिको ‘सिस्टम’ बदल्न महावीर पुनको सिंहदरबार यात्रा
म्याग्दीबाट महावीर पुन २२ हजार बढी मतले निर्वाचित