काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफू मन्त्री भएपनि ठुलो मानिस भएको अनुभूति नआएको बताएका छन्। मंगलबार साँझ मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै उनले पदसँगै हैसियत बढेको सोच आफूमा नआएको प्रष्ट पारेका हुन् । पुन मंगलबारदेखि मन्त्रालयमै बस्न थालेका छन् ।
उनले भने, ‘शिक्षामन्त्री भएँ भनेर ठुलो मान्छे भएँजस्तो लाग्दैन। आविष्कार केन्द्रमै बसेझैँ यहाँ पनि सामान्य रूपमा बसेको छु।’ पुनका अनुसार मन्त्रालयमै बस्ने निर्णय लिनु पनि समय बचत र कामलाई प्राथमिकतामा राख्नका लागि भएको हो।
पुनले आफ्नो पहिलो दिनमै तीन वटा निर्देशन जारी गरेका छन्। पहिलोमा सबै सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षा अनिवार्य गर्ने, दोस्रोमा विश्वविद्यालयहरूले ढिलो गरी नतिजा प्रकाशित गरे अनुदान रोकिने चेतावनी दिने, र तेस्रोमा त्रिभुवन विश्वविद्यालय परिसरभित्र रहेको झाडी फाँडेर विद्यार्थीमैत्री बगैँचा बनाउन लगाउने रहेका छन् ।
‘विद्यार्थीहरूको भविष्यसँग खेलवाड गरेर वर्षौंसम्म नतिजा रोक्ने प्रथा अब सह्य हुँदैन,’ उनले भने।
मन्त्री पुनले मन्त्रालयमै बेडसहित बस्न थालेको भन्दै उनले काम गर्नका लागि अब समय खेर नफाल्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असोज २०८२, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘अनुसन्धान र आविष्कार कागजमा मात्र सीमित हुनु हुँदैन’ : महावीर पुन
‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक’ : महावीर पुन
शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय पुगे सुधन गुरुङ र महावीर पुन
‘बाँदर समस्या समाधानमा अनुसन्धान आवश्यक’ : महावीर पुन
‘तत्कालीन नेतृत्वले जेन जेड आन्दोलनको जिम्मेवारी स्वीकार गर्नुपर्छ’ : महावीर पुन
संसदमा म पक्ष,विपक्ष भन्दा पनि निष्पक्ष छुः महावीर पुन