यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, ०७ असोज २०८२, ०७ : ५२
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ र बिक्रीदर १४१ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५६ पैसा तोकिएको छ । 

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ दुई पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ३२ पैसा र बिक्रीदर १९१ रुपैयाँ १३ पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  

प्रतिक्रिया दिनुहोस