एमाले सचिवालयमै केपी ओली अल्पमतमा !

पार्टीभित्रै अल्पमतमा पर्ने जोखिम बढेपछि उनले पार्टी बैठक बोलाउने सुरसार अझै गरेका छैनन

सफल खबर संवाददाता

सोमबार, ०६ असोज २०८२, ०८ : ३७
एमाले सचिवालयमै केपी ओली अल्पमतमा !

काठमाडौं । सत्तामा हुँदा र सत्ताबाहिर हुँदा मान्छेहरु शक्तिको दास कतिसम्म हुन्छ भन्ने उदाहरण अहिले नेकपा एमालेभित्र हेर्दा हुन्छ । एमाले अध्यक्ष केपी ओली पार्टी अध्यक्ष तथा सरकारसम्मको नेतृत्व गरेको प्रधानमन्त्री हुँदा एमालेभित्र ओलीलाई टक्कर दिने नेता सितिमिति देखिएका थिएनन ।

पार्टीभित्र वैचारिक बहस नहुने झोलेहरुमात्र देखा परेको भन्दै तेस्रो पुस्ताका केही युवा नेताहरुले एमालेभित्रको दास मनोवृत्तिमाथी प्रश्न उठाएपनि ओलीका अगाडी उनीहरुको केही जोर चलेको थिएन । तर, परिस्थिती अहिले यसरी बदललिएको छ की १० दिन अगाडीसम्म अवको महाधिवशेनका लागि पनि ओलीलाई नै निर्विकल्प अध्यक्ष बन्ने बाटो खोलेर विद्यान महाधिवेशन गरेको एमालेमा अहिले अध्यक्ष केपी ओली आफैं अप्ठ्यारोमा परेका छन् ।

ओली अहिले पार्टीभित्र सचिवालयमै अल्पमतमा पर्नसक्ने भयमा देखिएका छन् । जेनजी आन्दोलन अगाडीसम्म ओलीको रवाफ नै बेग्लै थियो । तर अहिले उनी आन्दोलनले सत्ताच्यूत मात्र भएका छैनन्, प्रधानमन्त्रीको सरकारी निवासबाट हेलिकप्टर मगाएर भाग्नु मात्र परेन, उनको भक्तपुर, झापा र ताप्लेजुङसम्मका घर समेत जलेर डेराको बासमा पुगेका छन् ।

उनीरु पनि कुनै न कुनै रुपमा अवको आफनो राजनीति ओली बोकेर हुन्छ या नबोकेर भन्ने दुविधाका बीच निर्णयमा पुगन सकिरहेका छैनन । तर उनीहरुलाई अझै ओलीको पक्षमा उभिँदा आफनो राजनीति समेत धरापमा पर्नसक्ने भयमा देखिएका छन् ।  

उनको कार्यशैलीले अहिले एमाले उठ्न नसक्ने गरी थला परेको छ । परिस्थिती राम्रो नभएको र धेरै नेता कार्यकर्ताले प्रतिरोध गर्न सक्ने क्षमता समेत नराख्ने अवस्था निम्तेको भन्दै पार्टीकै नेताहरुले बैठक बोलाउन ओलीसँग माग गरेका छन् । तर अध्यक्ष केपी ओलीले बैठक बोलाउने सूरसार गरेका छैनन । सरकारको नेतृत्वमा रहँदासम्म पार्टीभित्र एकछत्र राज चलाएका ओली सरकारको नेतृत्वबाट गलहत्याइएपछि पार्टी सचिवालयभित्रै अल्पमतमा पर्ने जोखिममा छन् ।

जसकाकारण उनले पार्टी बैठक बोलाउने सुरसार देखाएका छैनन । बरु १० दिन सैनिक सुरक्षाघेराभित्र बसेर सरेको डेरा भक्तपुरको गुन्डुमा नेताहरुलाई आलोपालो बोलाएर नाडी छामिरहेका छन् ।

शनिबार उनले आफ्नै क्याबिनेटका अर्थमन्त्री रहेका विष्णु पौडेलसँग गुन्डुमा बोलाएर लामो छलफल गरे । आइतबार वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र उपमहासचिव पृष्थीसुब्बा गुरुङलाई बोलाएर छलफल गरेका छन् ।

पोखरेल पछिल्लो समय विद्या भण्डारीको पक्षमा खुलेका नेता हुन् । उनले तत्काल पार्टी बैठक बोलाउन अध्यक्ष ओलीलाई आग्रह गरेर फर्केका छन् । ओलीले खासगरी विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङले आफुलाई साथ देलान्, नदेलान् भनेर भित्रीरुपमा नाडी छाम्ने कोसिस गरेका छन् ।

आफु सरकारमा रहँदा सम्म यी दुई नेतालाई ओलीले आफ्नै पकडमा राखेका थिए । दुवै नेता भण्डारीप्रति नरम र निकट सम्वन्धमा रहेपनि मन्त्रीमा राखिरहेर ओलीले आफनो विपक्षमा जान दिएका थिएनन । तर आज आफनो हिजोको जस्तो शाख पनि नरहेको र ओलीलाई नै बोकेर फेरि एमाले अगाडी बढ्न खोजे एमाले मात्र होइन, अन्य नेताहरुको राजनीतिक भविश्यपनि जोखिममा पर्ने एमालेभित्रै प्रश्न उठिरहेका बेला गुरुङ र पौडेलले के गर्छन् ? एमालेभित्र अहिले चासोको विषय छ ।

यी दुई नेता एमालेभित्रको शक्ति समिकरण अदलबदल बनाउन सक्ने नेताका रुपमा चिनिन्छिन् । ओलीले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पनि फकाउन अनेक कोसिस थालेका छन् । रामवहादुर थापा बादल आफैले संरक्षण गरेको र अहिले भण्डारीतिर ढल्किएपनि अन्तिममा आफुतिरै तान्न सकिने विश्वासमा ओली देखिएका छन् । तर ओलीलाई अब नेतृत्व छोडन् पार्टीको तल्लो तहबाट आएको दवाव, जेनजी आन्दोलनपछि सडकमा नै आईपुग्नु परेको आफनो वर्तमानले पिरोलिरहेको देखिन्छ । त्यही कारण पनि उनी नेताहरुले बैठक माग गर्दा पनि बैठक बोलाईहाल्ने सुरमा छैनन ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले जेनजी विद्रोह अघि नै ओलीलाई नेतृत्वबाट हट्न आग्रह गरिसकेका थिए । जेनजी विद्रोहपछि सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईले पनि अब ओलीबाट नचल्ने बताउन थालेका छन् । उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा र गुरु बरालले सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । भण्डारी रोक्ने निर्णयमा थापा सुरेन्द्र पाण्डेहरुसँगै देखिएका थिए । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, छबिलाल विश्वकर्मा, रघुबीर महासेठ र पद्या अर्याल पनि प्रष्ट बोलेका छैनन् ।

उनीरु पनि कुनै न कुनै रुपमा अवको आफनो राजनीति ओली बोकेर हुन्छ या नबोकेर भन्ने दुविधाका बीच निर्णयमा पुगन सकिरहेका छैनन । तर उनीहरुलाई अझै ओलीको पक्षमा उभिँदा आफनो राजनीति समेत धरापमा पर्नसक्ने भयमा देखिएका छन् ।  

ओलीसँग अहिले विश्वाससिलो रुपमा साथमा रहेका नेता भनेकै महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालमात्रै हुन् । अन्य नेताहरुले के गर्लान् भन्ने भयका बीच अहिले उनी एक्लाएक्लै बोलाएर पहिले आन्तरिक छलफल गर्ने र नेताहरुको नाडी छाम्ने कोसिसमा छन् ।उनी पहिले अझै पनि आफनो लागि अनुकुल वातावरण बनाउने र त्यसपछि मात्र बैठक बोलाउने योजनामा देखिन्छन् ।