काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा वैज्ञानिक महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले पुन परिचित छन् ।
मन्त्रीमा सिफारिस भएपछि पुनले बधाई र औपचारिक सम्मानमा समय खर्च नगर्न आग्रह गर्दै सिधै कामको सुझाव पठाउन सार्वजनिक अपिल गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमा लेख्दै कसैलाई पनि फोनमा 'बधाई छ' नभन्न र खादा वा माला लिएर भेट्न नआउन आग्रह गरेका छन्।
उनले आफ्नो घोषणामा लेखेका छन्, ‘बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने र गर्नुपर्ने ठोस काम वा आइडियाहरू छन् भने मेरो ह्वाट्सएपमा पठाउनुहोला।’
पुनले आफूलाई 'मन्त्री' भनेर सम्बोधन नगरिदिन पनि आग्रह गरेका छन्। यदि कसैलाई मन्त्री नै भन्न मन लागेमा 'कवाडी वैज्ञानिक मन्त्री' भन्न अनुरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असोज २०८२, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेशमा रहेका नेपाली वैज्ञानिक र प्राविधिकलाई मन्त्री पुनको आह्वान
महावीर पुनसँग रोलेक्स घडी !
महावीर पुनको आक्रोश: तथ्य नबुझीकन धेरै हावा कुरा नगर
जेनजीलाई महावीरको सुझाव– 'गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनु होस्'
युवा नेताहरुको अत्यधिक बहुमतको सरकार नबनाएसम्म ठुलो परिवर्तन सम्भव छैन : महावीर पुन
मन्त्री महावीर पुनको आग्रह : 'अनावश्यक फोन र मेसेज नगर्नुहोस्'