काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले थप ५ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलकहाँ आइतबार साँझ नाम पठाइन् । तर फेरि लगत्तै केही समयमै आज होइन, सोमबारसम्म नियुक्ति होल्ड गर्न अनुरोध गरिन् ।
मन्त्री बनेको १० दिनसम्म क्याबिनेट विस्तार गर्न चुकिरहेकी कार्कीले हिजो साँझ ५ जना मन्त्रीको नाम कार्यजिम्मेवारीसहित सिफारिस गरे लगत्तै सोमबारसम्म होल्ड गर्न किन भनिन् ? राष्ट्रपति कार्यालय नै अचम्ममा परेको छ ।
उनले यस अगाडी कुलमान घिसिङ, रामेश्वर फूयाँल र ओमप्रकाश अर्याललाई सहभागी गराएर मन्त्रीपरिषद् विस्तार गरेकी थिइन् । हिजो सिफारिस गरेकी ५ जना मन्त्रीको भने आज सपथ खुवाउने तयारी छ । सिफारिस भएकामध्ये एक जनालाई छोडेर ४ जनाको आज सपथ हुनसक्ने कार्की निकट स्रोतले बताएको छ । एक जना स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी संगीता कौशल मिश्रा को बारेमा भने प्रश्न उठेकाकारण उनको भने नियुक्ति हुने नहुने अन्यौल देखिएको छ ।
मन्त्री बनाउने गरी राजीनामा दिलाउन लगाएको तर नाम सिफारिस भएपछि विवादका फेहरिस्त आउन थालेपछि उनकै कारण आइतबार साँझ नै मन्त्रीहरुको हुन लागेको सपथ समेत रोकिएको चर्चा अहिले हुन थालेको छ । ‘कार्य विभाजनसहित पाँच जनाको नाम राष्ट्रपतिको कार्यालयमा आएको थियो। तर पुन तत्काल नियुक्त नगर्न अनुरोध आएपछि अब सोमबार मात्र यसबारे निर्णय हुन्छ,’ राष्टपति कार्यालय स्रोतले भन्यो ।
कार्कीले आज ५ जनाकै नियुक्ति गरेमा बाँकी २ जना मन्त्री थप गर्ने र आफनो क्याबिनेट ११ सदस्यीय मात्र बनाउने योजना बनाएकी छिन् ।
कार्की नेतृत्वको क्याबिनेटमा बारबरा फाउण्डेसनमा काम गरेका र निकट सम्वन्ध बनाएका ब्यक्तिहरु हावी हुन थालेका छन् । फउण्डेसनका अध्यक्ष रहेका डा. सन्दुक रुइतलाई उनले मन्त्री बन्न अफर गरेकी थिइन् । तर रुइतले मन्त्री नबन्ने तर सहयोग गर्ने बचन दिएपछि कार्कीले फाण्डेसनसँगै आवद्दता रहेका अन्य दुई जनालाई भने मन्त्री नियुक्त गर्न लागेकी छिन् ।
आज नियुक्त हुन लागेका मन्त्रीहरुमा मोहना अन्सारी बारबारा फाउण्डेसनको सदस्य नै छिन् । त्यस्तै जगदीश खरेल बारबार फउन्डेसनसँग नजिक भएर फाउण्डेसनलाई सहयोग गरिरहेका पत्रकारमध्येका एक हुन ।
उनीहरु दुवै जनालाई कार्कीले आफनो क्याबिनेट बन्त्री बनाउन लागेका छन् । यो फाउण्डेसन त्यही हो, जसले हामी नेपाल नामक एनजिओलाई आर्थिक सहयोग गरेको र उक्त सस्थाको कार्यालय समेत आफ्नै अफिसमा राख्न दिँदै आएको थियो । हामी नेपालका सस्थापक सुदन गुरुङलाई पोखरा सम्म ब्यवसाय फैलाउन समेत यस सस्थामा आवद्द कतिपयले घोषित-अघोषित आर्थिक सहयोग समेत दिलाएका थिए ।
गुरुङ तिनै ब्यक्ति हुन्, जसलाई फ्रि तिब्बत मुभमेन्टमा लागेका संघसस्थाको समेत फन्डिङ रहँदै आएको खुलेको छ । जसकाकारण उक्त संस्था विवादमा तानिएको छ । नेपाल एक चीन नीतिको पक्षमा रहेका बेला पश्चिमा शक्तिहरुले फ्रि तिब्बत मामिलामा नेपालको भूमि प्रयोग गरेर खेल्न खोजेको चर्चा चलिरहेको छ । यस्तो बेला गुरुङलाई छत्रछायाँ दिँदै आएको बारबारा फाउण्डेसनमा रहेका र फाउण्डेसनसँग निकट रहेका ब्यक्तिहरुको छनौटले कार्की नेतृत्वको सरकार विवादमा तानिन थालेको छ ।
त्यसो त उनले स्वास्थ्य मन्त्री नियुक्त गर्न लागेका संगीता मिश्रा पनि विवादमा परेकी ब्यक्ति हुन् । मिश्रा स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव थिइन् । मन्त्री पाउने भएपछि उनले आइतबार नै पद बाट राजीनामा दिएकी थिइन् । मिश्रा स्वास्थ्य सेवा विभागको प्रमुख रहँदा निश्चित स्वास्थ्य उपकरणका आपूर्तिकर्ताको स्वार्थमा काम गरेकी भन्दै विवादमा छिन् ।
विशेष अदालतमा भ्रष्टाचारको मुद्दा खेपिरहेका मोहन बस्नेत स्वास्थ्यमन्त्री रहेको बेलामा उनले मिश्रासहितको आफ्नो विश्वासिलो समूहलाई विभागमा लगेर खरिदमा अनियमितता गरेका थिए। मिश्रा विभाग प्रमुखहुँदा भएका अधिकांश स्वास्थ्य सामग्री तथा उपकरणको खरिद निश्चित व्यापारिक समूहको स्वार्थमा भएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।
भएको पद समेत बाट मन्त्री बनाउने गरी राजीनामा दिलाउन लगाएको तर नाम सिफारिस भएपछि विवादका फेहरिस्त आउन थालेपछि उनकै कारण आइतबार साँझ नै मन्त्रीहरुको हुन लागेको सपथ समेत रोकिएको चर्चा अहिले हुन थालेको छ । ‘कार्य विभाजनसहित पाँच जनाको नाम राष्ट्रपतिको कार्यालयमा आएको थियो। तर पुन तत्काल नियुक्त नगर्न अनुरोध आएपछि अब सोमबार मात्र यसबारे निर्णय हुन्छ,’ राष्टपति कार्यालय स्रोतले भन्यो ।
मिश्राको नाममा विवाद बढेपछि भने अव उनी मन्त्री हुने नहुने दुविधा देखिएको छ । उनको नाम होल्ड हुनसक्ने देखिएको छ । आइतबार पूर्वन्यायाधीश अनिल सिन्हा, अतिरिक्त स्वास्थ्यसचिव संगीता कौशल मिश्रा, वैज्ञानिक महावीर पुन, पत्रकार जगदीश खरेल र समता फाउन्डेसनका अध्यक्ष मदनप्रसाद परियारको नाम नयाँ मन्त्रीका लागि सिफारिस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ असोज २०८२, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त चार मन्त्रीले लिए शपथ
नवनियुक्त मन्त्रीहरूको शपथ २ बजे
नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद
तीन मन्त्रीको शपथ आज
गौहत्या गर्न पाउनुपर्ने माग राखेर रिट हाल्ने व्यक्ति सुशीलाको कार्कीको प्रस्तावित मन्त्री
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी