काठमाडौं । एसिया कपको सुपर फोरको रोचक खेलमा बंगलादेशले श्रीलंकामाथि चार विकेटको जित निकालेको छ।
सुरुमा ब्याटिङ गरेको श्रीलंकाले दिएको १६९ रनको लक्ष्य बंगलादेशले एक बल बाँकी हुँदा ६ विकेटको क्षतिमा भेट्टाएको हो। खेलको अन्तिम ओभरमा दुई विकेट गुमाएको बंगलादेशले एक बल बाँकी हुँदा जितका लागि आवश्यक एक रन जोडेको हो। सुपर फोरको यो जितलाई महत्त्वका साथ हेरिएको छ।
सुरुमा ब्याटिङ गरेको श्रीलंकाका लागि कप्तान दासुन शानाकाले नटआउट अर्धशकत बनाए। उनले ३७ बलमा ६४ रन हिर्काए। अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोडेनन्। पूरै २० ओभर खेलेको श्रीलंकाले ७ विकेटको क्षतिमा १६८ रन बनाएको थियो।
श्रीलंकालाई सस्तैमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले २० रन मात्र खर्चिएर तीन विकेट लिएका हुन्। उसका लागि माहीदी हसनले दुई विकेट हात पारे।
१६९ रनको लक्ष्य पछ्याएको बंगलादेशका लागि सैफ हसन र तौहिद हृदयोले अर्धशतक हिर्काए। हसनले ४५ बलमा ६१ रन जोड्दा तौहिदले ३७ बलमा ५८ रन बनाए। उसका लागि लिटन दासले २३ रन थपे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ असोज २०८२, ०६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित
एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी
एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै
एसिया कप: भारत २१ रनले विजयी, ओमानको प्रशंसा
एसिया कप : पाकिस्तानविरुद्ध भारतको सानदार जित