सीमा आभासको उपन्यास ‘महायुग’ सार्वजनिक

सफल खबर संवाददाता

शनिबार, ०४ असोज २०८२, १५ : ३३
सीमा आभासको उपन्यास ‘महायुग’ सार्वजनिक

काठमाडौं । साहित्यकार सीमा आभासको पहिलो उपन्यास ‘महायुग’ सार्वजनिक भएको छ । स्त्रीको सीमातीत शारीरिक शक्ति र आत्मालाई चिनेपछि मात्र सारा मानव संसार र सृष्टि उज्यालो हुने सन्देश बोकेको उपन्यासमा एक नारीको आत्मजागृतिको कथालाई एक पिंढीदेखि अर्को पिंढीसम्मका चार पुस्तामा चित्राङ्कन गरिएको छ ।

विगतका भूकम्प, भारतीय नाकाबन्दी र कोरोनाकालमा नेपाली साहित्य क्षेत्रलाई चलायमान बनाउन आफूले खेलेको भूमिका स्मरण गर्दै देशको आजको विषम परिस्थितिमा पनि पुस्तक सार्वजनिक गरेको प्रेस विज्ञप्तिमार्फत बुकहिलले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एक जिम्मेवार प्रकाशन संस्था भएकाले अहिलेको जेन-जी पुस्ताले समेत नेपाली साहित्य पढुन् भन्ने उद्देश्यले समेत यो उपन्यास सार्वजनिक गरिएको हो । पुस्तक अवश्य पनि पाठकप्रिय बन्नेछ ।’

 

प्रतिक्रिया दिनुहोस