काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार शक्तिशाली आयोग बनाउन सरकारसँग माग गरेका छन् ।
संविधान दिवसको अवसरमा शुभकामना दिँदै ४ आयोग तत्काल गठनको माग राखेका हुन् । उनले भदौ २३ मा जेन जेडको प्रदर्शनमा भएको अत्यधिक बल प्रयोगको घटनामा न्यायिक आयोग, भदौ २४ गतेको प्रदर्शनमा भएको घुसपैठ पश्चात् तोडफोड र आगजनीको सम्पूर्ण छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन माग गरेका छन् ।
यस्तै भ्रष्टाचारका विभिन्न मुद्दाउपर उच्चस्तरीय शक्तिशाली छानबिन र ०४६ यता उच्च पदमा पुगेका प्रत्येकको सम्पत्तिको छानबिन गर्न शक्तिशाली उच्चस्तरीय आयोग बनाउन माग गरेका हुन् ।
उनले भनेका छन्, ‘अहिलेसम्मको राजनैतिक यात्रामा म जम्माजम्मी एक पटक सांसद बनेँ, तर अपिल गर्छु-मेरो जग्गा जमिन, बैंक खाता सबै सम्पत्तिको जाँच गरियोस् । राजनैतिक नेतृत्वमा रहेका हामी सबै नै परीक्षणका लागि तयार बनौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव
‘फरक मत आउनु स्वाभाविक, कसैले धूप हाल्दैमा काँग्रेस फुट्दैन’ : विश्वप्रकाश शर्मा
संस्थापन पक्षलाई विश्वप्रकाशको प्रश्न- विधानअनुसार हस्ताक्षर संकलन गर्दा पार्टी कसरी कमजोर हुन्छ ?
‘देउवाको निवासमा भेटिएको भनिएको नोटका विषयमा छानबिन हुनुपर्छ’ : विश्वप्रकाश शर्मा
एमालेसँगको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै काँग्रेसका मन्त्रीहरूलाई फिर्ता हुन निर्देशन
उपसभामुखलाई पदमुक्त गर्ने तयारीप्रति विश्वप्रकाशको विमति