काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार शक्तिशाली आयोग बनाउन सरकारसँग माग गरेका छन् ।
संविधान दिवसको अवसरमा शुभकामना दिँदै ४ आयोग तत्काल गठनको माग राखेका हुन् । उनले भदौ २३ मा जेन जेडको प्रदर्शनमा भएको अत्यधिक बल प्रयोगको घटनामा न्यायिक आयोग, भदौ २४ गतेको प्रदर्शनमा भएको घुसपैठ पश्चात् तोडफोड र आगजनीको सम्पूर्ण छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन माग गरेका छन् ।
यस्तै भ्रष्टाचारका विभिन्न मुद्दाउपर उच्चस्तरीय शक्तिशाली छानबिन र ०४६ यता उच्च पदमा पुगेका प्रत्येकको सम्पत्तिको छानबिन गर्न शक्तिशाली उच्चस्तरीय आयोग बनाउन माग गरेका हुन् ।
उनले भनेका छन्, ‘अहिलेसम्मको राजनैतिक यात्रामा म जम्माजम्मी एक पटक सांसद बनेँ, तर अपिल गर्छु-मेरो जग्गा जमिन, बैंक खाता सबै सम्पत्तिको जाँच गरियोस् । राजनैतिक नेतृत्वमा रहेका हामी सबै नै परीक्षणका लागि तयार बनौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पराजयको सम्पूर्ण दोष बोक्न तयार छु: विश्वप्रकाश शर्मा
मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा
मतदान पछि विश्वप्रकाश शर्माले भने- भयरहित वातावरणमा मतदान गरौँ
शेरबहादुर देउवालाई विनम्रतापूर्वक आग्रह गरेर नेतृत्व छाड्न लगाएका हौँ : विश्वप्रकाश शर्मा
चुनावपछि काँग्रेस पहिलो पार्टी बन्ने विश्वप्रकाश शर्माको दाबी
‘पहिलो हुने दलको प्रधानमन्त्रीलाई पूरै ५ वर्ष सरकार चलाउने सुनिश्चितता गरौँ’ : विश्वप्रकाश शर्मा