त्रुटि र कमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज होइन : बागमती प्रदेश प्रमुख

सफल खबर संवाददाता

शुक्रबार, ०३ असोज २०८२, १३ : २२
त्रुटि र कमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज होइन : बागमती प्रदेश प्रमुख

हेटौंडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले त्रुटि र कमिकमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज नभएको बताएका छन् ।

संविधान दिवसको अवसरमा बागमती प्रदेश सरकारले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको सर्वोच्चता‚ न्यायमूलक समाजको अपरिहार्यता रहनुपर्ने बताए । कानुनी राज्यको उपहास हुने क्रियाकलाप कसैले गर्नु, गराउनु नहुने उनको भनाइ छ ।

‘संसारमा हरेक कुराहरू गतिशील र परिवर्तनीय छन् । हामीले समय सापेक्ष परिवर्तनलाई अङ्गीकार गरेका छौं । कार्यान्वयनको सिलसिलामा हामीले गरेका त्रुटि र कमिकमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज होइन,’ देवकोटाले भने, ‘हामीले आफ्नो अनुहारमा धुलो मैलो भएको अवस्थामा ऐना पुछ्नु आफ्नो गल्ती नचिन्नु हो ।’

प्रतिक्रिया दिनुहोस