काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन सरकारले जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको प्रस्ट पारेका छन् ।
संविधान दिवसको शुभकामना दिँदै उनले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानिएकोले घटनाको छानबिन हुनुपर्ने बताए । उनले भनेका छन्– 'त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवङ्गत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु। '
ओलीले संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरू बनाइरहेको स्मरण गरेका छन् ।
उनले भनेका छन्– 'उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौँ। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौँ। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौँ । अर्थतन्त्र तङ्ग्रँदै थियो। '
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सभा गर्न नदिने सरकारले चुनाव गर्छ भनेर पत्याउन सकिँदैन’ : ओली
‘मलाई र लेखक थुन्नुलाई यो सरकारले सुशासन ठानिरहेको छ’ : ओली
सरकारमा बसेकाहरू नै जेन-जीका नाममा मागपत्र मस्यौदा गर्दै कलाविहीन नाटक देखाउँदैछन् : ओली
वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट भएन : ओली
अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैन: ओली
देउवालाई उकास्दै ओली, संसद पूर्नस्थापनामा सहमत बनाउँदै