काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमालें)का अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलो पटक देखिएका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेनाको हेलिकप्टर चढेर शिवपुरी पुगेका ओली भक्तपुरको गुन्डुमा खोजिएको नयाँ डेरामा देखिएका हुन् । एमाले नेता महेश बस्नेतको अग्रसरतामा त्यहाँ ओलीलाई डेरा खोजिएको हो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओलीका अब गुन्डु क्षेत्रमा बसोबास गर्ने जानकारी बिहीबार नै दिइसकेका छन् । शुक्रबार ओली नयाँ डेरामा पुगेको भिडियो क्लिप सामाजिक सञ्जालमा भइरल बनेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ असोज २०८२, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप