काठमाडौँ । प्रहरीले ४ सय ७५ किलो अवैध लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका-१ का २४ वर्षीय बिराज गुम्बा र बाँकेको कोहलपुर पार्वतीपुरका १८ वर्षीय एक किशोर छन्।
प्रहरीले धनुषाको विदेह नगरपालिका-३, जोगियाराबाट मंगलबार बिहान उनीहरूलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले गणेशमान चारनाथ नगरपालिका-४, वीरेन्द्रबजारको सडकमा रोकिएको प्र.३-०१-०२४ च ८३२५ नम्बरको पिकअप गाडीबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूले धरानबाट उक्त गाडीमा गाँजा ल्याएको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पिछा गरेको थियो।
प्रारम्भिक अनुसन्धानमा उनीहरूले गाँजा विदेह नगरपालिका-३, जोगियारास्थित एक इँटा भट्टामा राखेको भन्ने पत्ता लागेपछि प्रहरीले त्यहाँबाट १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असोज २०८२, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
खैरो हेरोइनसहित युवक पक्राउ
रौतहटमा फरार २ कैदीसहित ११ प्रतिवादी पक्राउ
सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गर्ने एक जना पक्राउ