काठमाडौँ । प्रहरीले ४ सय ७५ किलो अवैध लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका-१ का २४ वर्षीय बिराज गुम्बा र बाँकेको कोहलपुर पार्वतीपुरका १८ वर्षीय एक किशोर छन्।
प्रहरीले धनुषाको विदेह नगरपालिका-३, जोगियाराबाट मंगलबार बिहान उनीहरूलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले गणेशमान चारनाथ नगरपालिका-४, वीरेन्द्रबजारको सडकमा रोकिएको प्र.३-०१-०२४ च ८३२५ नम्बरको पिकअप गाडीबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूले धरानबाट उक्त गाडीमा गाँजा ल्याएको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पिछा गरेको थियो।
प्रारम्भिक अनुसन्धानमा उनीहरूले गाँजा विदेह नगरपालिका-३, जोगियारास्थित एक इँटा भट्टामा राखेको भन्ने पत्ता लागेपछि प्रहरीले त्यहाँबाट १९ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा बरामद गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ असोज २०८२, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा छ जना पक्राउ
अपहरणपछि युवकमाथि अमानवीय यातना, नग्न बनाएर भिडियो बनाएको आरोपमा श्रम मन्त्रीका चालक पक्राउ
साढे एक किलो चाँदीसहित भक्तपुरबाट एक जना पक्राउ
शर्मा एन्ड कम्पनीका अध्यक्ष रमेश शर्मा पक्राउ
भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ