काठमाडौँ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेन जेड आन्दोलनको उपलब्धिलाई कुनै पनि हालतमा गुम्न नदिने गरी अहिले अन्तिम सरकारलाई सहयोग गर्दै घोषित मिति मै चुनाव सम्पन्न गर्न अनुरोध गरेका छन् ।
सोमबार पार्टी मुख्यालय पेरिस डाँडामा आगजनीले ध्वस्त भएको संरचना अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले छिटो छिटो एक जुट भएर चुनावमा लाग्नुपर्ने उल्लेख गरेका हुन्।
‘देशमा अन्तिम सरकार बनिसकेको निर्वाचनको मिति घोषणा भइसकेको स्थितिमा हामीले अब त्यही बाटोबाट छिटोभन्दा छिटो घोषित मितिमा निर्वाचन सम्पन्न गर्नुपर्छ भनेर एकजुट भएर जानु आवश्यक छ’ उनले भने,’ अहिले निर्वाचन एकदम आवश्यकता हो। त्यसमा हामीले अरु विकल्पको कुरा अहिले गर्नुहुँदैन। किनभने यदि यो सरकार असफल भयो र घोषित मितिमा निर्वाचन भएन भने देश भयावह संकटमा फस्न सक्छ ।’
उनले जेन जेड को प्रस्तावमा दलहरूको सहमतिमा अन्तरिम सरकार गठन गर्ने प्रयास असफल भएको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० भदौ २०८२, १९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड विद्रोहपछि पनि राजनीतिक पार्टी र नेताहरूले अझै चेतेनन् : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठको दाबी ‘९ दलसँगको एकता कम्युनिस्ट पार्टी पुनर्गठनको कोशेढुंगा हुन्छ’
माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकता बृहत् पुनर्गठनको दृष्टिकोणबाट गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ
देश अप्ठेरो अवस्थामा छ, देशभक्त शक्तिहरू एकताबद्ध होऔँ’ : नारायणकाजी श्रेष्ठ
फागुन २१ को चुनावपछि विशेष महाधिवेशन गरौं: नारायणकाजी श्रेष्ठ
‘जेन जेडको प्रदर्शनले भ्रष्ट राजनीतिबाट देशलाई मुक्त गराउनेछ’ : नारायणकाजी श्रेष्ठ