जेन जेड आन्दोलनका कारण प्रभावित बनेको सार्वजनिक सेवा सहज बन्दै

रासस

सोमबार, ३० भदौ २०८२, १३ : १५
जेन जेड आन्दोलनका कारण प्रभावित बनेको सार्वजनिक सेवा सहज बन्दै

गण्डकी । जेन जेड आन्दोलनका कारण प्रभावित बनेको सार्वजनिक सेवा बिस्तारै सञ्चालन हुन थालेको छ । अदालतलगायत सरकारी निकाय र कार्यालयबाट प्रवाह हुने सेवालाई पूर्ववत् रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको हो ।

जिल्ला प्रशासन कार्यालय, कास्कीले आइतबारदेखि मुद्दा, शान्ति सुरक्षा र विपद् व्यवस्थापनलगायत अत्यावश्यक सेवा सञ्चालन गरिएको जनाएको छ । नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत अन्य सेवालाई क्रमिक रूपमा सञ्चालन गरिने भएको हो ।

जेन जेड आन्दोलनका क्रममा यही भदौ २४ गते भएको आगजनी र तोडफोडका कारण क्षति पुगेको कार्यालयमा सामान्य मर्मतसम्भार गरी अत्यावश्यक सेवा सञ्चालन गरिएको हो । विषम् परिस्थितिका कारण कार्यालयबाट प्रवाह हुने सेवाको प्राप्तिमा धैर्य गरिदिन कार्यालयले सार्वजनिक सूचनामार्फत सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस