एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

सफल खबर संवाददाता

आइतबार, २९ भदौ २०८२, ०८ : ३४
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं । एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’मा रहेका भारत र पाकिस्तानको भिडन्तलाई रोचक रुपमा हेरिएको छ ।

समूह चरणमा एकएक खेल खेलिसकेका भारत र पाकिस्तानले दुईदुई अंक बनाएका छन् । समान अंक भए पनि समूह ‘ए’मा रनरेटका आधारमा भारत शीर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा छ । भारतले पहिलो खेलमा यूएईमाथि ९ विकेटको सानदार जित निकालेको थियो । पाकिस्तानले भने ओमानविरुद्ध ९३ रनको जित हात पारेको छ ।

भारत र पाकिस्तानको खेल आइतबार राति ८:१५ बजे यूएईमा सुरु हुँदैछ ।

एसिया कपमा दुई समूहका आठ टिमले प्रतिस्पर्धा गर्दैछन्। समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र ओमान छन् भने समूह ‘बी’मा श्रीलंका, अफगानिस्तान, बंगलादेश र हङकङ छन्।

 

प्रतिक्रिया दिनुहोस