काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक तथा उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकामा सुशीला कार्कीलाई बधाई दिएका छन्।
तर देश अझै गम्भीर मोडमा रहेको उल्लेख गर्दै घिसिङले जेन-जी आन्दोलनको मागअनुरूप चुनाव सम्पन्न गर्नु उक्त सरकारको प्रमुख दायित्व भएको बताएका छन्।
‘सम्मानीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई व्यक्त गर्दछु’, घिसिङले शनिबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको छ। देश र जनताको हितको लागि हामी सबै एक भएर सहयोग गरी अगाडि बढ्नुपर्छ। जेननजी पुस्ताले सुरु गरेको आन्दोलनको माग र आकांक्षालाई सम्बोधन गर्दै आगामी चुनाव सम्पन्न गर्नु यस सरकारको प्रमुख दायित्व हो। सरकारलाई सफलताको कामना गर्दछु।’
राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन्। लगत्तै बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसबमोजिम राष्ट्रपतिले शुक्रबार राति नै संसद् (प्रतिनिधि सभा) विघटन पनि गरिसकेका छन्।
अब प्रतिनिधि सभाका लागि फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ भदौ २०८२, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता