काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको बताएका छन् । राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्ने उनको प्रस्ताव छ। यही संविधान जिवित राखेर जेनजी आन्दोलनको औचित्य नरहने प्रसाईंले दावी गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘संविधान यही ? संसद यही ? राष्ट्रपति यही ? व्यवस्था यही ? यदि सबै यही हो भने आन्दोलन किन गरियो ? ती कलिला बच्चाको हत्या किन भयो ? ५० खर्वभन्दा बढीको राज्य सम्पत्तिको नाश किन भयो ? जेन–जीका परिवारको आँसु र रगतको हिसाब कसले गर्ने ?’
संसारभरिका सफल आन्दोलनहरूले कहिल्यै पुरानो संविधानलाई मान्यता नदिएको र नयाँ संविधानमार्फतै नयाँ व्यवस्था जन्माएको प्रसाईंले तर्क गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ भदौ २०८२, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईं र राणाको दूत बनेर सगुन लावती भारत भ्रमणमा
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँविरुद्ध अनुसन्धानका लागि तीन दिन म्याद थप
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ