काठमाडौं । संविधान रक्षाका लागि भन्दै कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले शुक्रबार देशव्यापी प्रदर्शन गर्ने भएको छ ।
‘संविधानको दायराबाट मुलुकको राजनीतिक निकास खोजिनुपर्छ, त्यो भनेको अहिलेको संविधान संरक्षण हुनुपर्छ भन्ने हाम्रो माग हो’ नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले अनलाइनखबरसँग भने, ‘त्यसका लागि शुक्रबार दुई थरी कार्यक्रम गर्ने तयारी छ ।’
केन्द्रीय बारका पदाधिकारीहरुको आकस्मिक बैठकले शुक्रबार दिउँसो १ बजे देशभरका बार इकाइमा प्रदर्शन गर्ने निर्णय गरेको हो । त्यसपछि बारले बेलुकी ५ बजे बार केन्द्रीय कार्यालय रामशाहपथबाट प्रदर्शन गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ भदौ २०८२, ११ : ४७
लेखकबाट थप