काठमाडौँ । अन्तरिम सरकार गठनमा देखिएको कानुनी जटिलता फुकाउने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न सरोकारवाला पक्षसँग परामर्श गरिरहेका छन् ।
जेनजीको माग अनुसार अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति भए पनि कानुनी जटिलता देखिएपछि राष्ट्रपति पौडेल परामर्शमा जुटेका हुन् ।
कानुनविद्हरुसँग परामर्श भइरहेको समयमा जेनजी अभियन्ता सुदन गुरुङलाई पनि शीतल निवास बोलाइएको छ । जेनजी प्रतिनिधिहरू पनि संविधान बमोजिम नै निकास खोज्ने विषयमा सकारात्मक रहेकोले आजै अन्तरिम सरकार गठन हुने देखिएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासले आज बिहान मात्र गृह मन्त्रालयका कर्मचारीलाई नयाँ प्रधानमन्त्रीको स्वागत गर्न तयार अवस्थामा रहन निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ भदौ २०८२, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन
जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
जेनजीसँगको वार्तापछि सामान्य बन्दै सिमरा