बारा । बाराको सिमरामा जेनजी युवा र नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूबीच बुधबार भएको झडप पश्चात अशान्त बनेको सो क्षेत्र सामान्य बन्दै गएको छ ।
बुधबार र बिहीबार सडक अवरोध गरी विरोध प्रदर्शन गरेका जेनजी युवा र जिल्ला सुरक्षा समिति बाराबीच शुक्रबार साँझ भएको वार्तासँगै अवस्था सामान्य बन्दै गएको हो ।
बुधबार एमाले महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत काठमाडौंबाट बारा जाने कार्यक्रम रहेपछि सिमरामा जेनजी समूहले प्रदर्शन गरेका थिए । सो क्रममा जेनजी र एमालेका कार्यकर्ताबीच झडप भएको थियो ।
वार्तामा जेन जी युवाहरूले विभिन्न ६ बुँदे माग राखेका छन् । सो घटनामा संलग्न योजनाकारलाई पक्राउ गरी कानूनी कारबाही गर्नुपर्ने, जेनजी घाइतेलाई निःशुल्क उपचार गर्नु पर्ने, तत्कालीन जिल्ला प्रहरी प्रमुख लगायतलाई कारबाही गरिनु पर्ने उनीहरूको माग छ ।
सो विषयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र लगायत अन्य सुरक्षा निकाय र जेनजी समूहको सहमति भएसँगै सोमबार सम्मका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएको छ ।
आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएसँगै शनिबार बिहानैबाट बाराको सिमरा क्षेत्रको अवस्था सामान्य बन्दै गएको हो । स्थानीयहरू बिहानैदेखि आफ्नो काममा व्यस्त देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ मंसिर २०८२, १० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन
जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
जेनजी घाइतेहरूको वर्गीकरणसहितको विवरण पठाउन परिपत्र