काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले जेनजीले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक रहेको बताएका छन् ।
एक वक्तव्य जारी गर्दै उनले भनेका छन्– 'नयाँ नेपालको नेतृत्व गर्न उद्यत जेनजीका नवयुवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश तथा सक्षम र स्वच्छ व्यक्तित्व सुशीला कार्कीलाई सिफारिस गर्नु अत्यन्त सकारात्मक र सही छ। वहाँलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्दछ ।'
'वर्तमान संविधानको जगमा टेकेर संविधानका पालनकर्ता र संरक्षक राष्ट्रपतिले विधिवत् शपथ ग्रहण गराएर अहिलेको अन्योल र आशंका छिटो भन्दा छिटो अन्त्य गरिनुपर्नेमा पनि उनले जोड दिएका छन् । त्यसको उपयुक्त संविधानसम्मत र लोकतान्त्रिक विधि के हुनसक्छ संविधानविद्हरू र जानकारहरूको सल्लाहमा निर्णय गर्नु उपयुक्त हुने भट्टराईले बताए ।
'यस सन्दर्भमा २०६९ सालमा खिलराज रेग्मीलाई नियुक्त गरिएको नजिर भने कत्ति पनि मेल खाँदैन। त्यतिवेला विद्यमान अन्तरिम संविधान २०६३ मा 'राजनीतिक सहमतिका आधारमा' कतिपय निर्णय गर्न सकिने कुरा संविधानमै लेखिएको थियो र 'राजनीतिक सहमति भन्नाले सात राजनीतिक दल र नेकपा माओवादीबिचको सहमति बुझ्नुपर्छ' भनेर स्पष्टीकरण समेत त्यहीं राखिएको थियो ।' डा भट्टराईले भनेका छन् 'तर यो निर्वाचित संविधानसभाले बनाएको स्थायी संविधान हो र यसमा त्यस्तो कुनै प्रावधान छैन । यसबारे जेनजी ले धेरै संवेदनशील भएर सोच्नुपर्छ । '
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २७ भदौ २०८२, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ राजनीतिक विकल्प तयार गर्न बाबुरामको जोड
जेनजी विद्रोहको परिणाम के हुन्छ, अझै प्रस्ट भइसकेको छैन : बाबुराम भट्टराईले दिए यि चारबुँदे सुझाव
नयाँलाई अवसर दिन हाम्रो पुस्ता बिदा हुनुपर्छ: बाबुराम भट्टराई
सरकारले आफ्नो निष्ठा यथास्थितिमा नभई विद्रोही जेनजीको पक्षमा राख्नुपर्छ : डा. भट्टराई
बाबुराम भट्टराईले बोलाए केन्द्रीय समिति बैठक
हरेक पर्व, संस्कार र परम्परा नेपाली समाजको मौलिकता हुन् : देउवा