काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै देशमा हालै उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्न संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापको लागि आह्वान गरेका छन् ।
भ्रष्टाचारविरुद्ध जेन जी युवा समूहले गरेको आन्दोलन र त्यसपछिका घटनाक्रमले देशमा राजनीतिक शून्यता सिर्जना गरेको भन्दै उनले तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न, संविधान संशोधन गर्न र पार्टी नेतृत्वले राजीनामा दिई छ महिना भित्र पार्टीको महाधिवेशन गर्न माग गरेका छन् ।
भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा युवाहरूको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै पौडेलले एक विज्ञप्तिमार्फत मृतकहरुप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।
उनले शान्तिपूर्ण आन्दोलनमा भएको बल प्रयोगको निन्दा गर्दै आन्दोलनको आडमा घुसपैठ गरी निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गर्ने समूहको कार्यको पनि भर्त्सना गरेका छन् ।
पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवालगायत राजनीतिक तथा राष्ट्रसेवक व्यक्तिहरूमाथि भएको हमलाको समेत निन्दा गर्दै सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न जोडदार माग गरेका छन् ।
देशलाई राजनीतिक र संवैधानिक शून्यताबाट जोगाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै पौडेलले राष्ट्रपतिले थालेको संवादको पहललाई स्वागत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ भदौ २०८२, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता
राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : प्रदीप पौडेल
देश विकासको भिजन समेटिएको घोषणा पत्र तयार हुँदैछ : कांग्रेस महामन्त्री
आर्थिक नीतिमा निजी क्षेत्रप्रति नकारात्मक भाष्य परित्याग गर्नुपर्नेमा प्रदीप पौडेलको जोड
सबै गरेँ भन्दिनँ तर केही बिगारेको छैन : प्रदीप पौडेल
‘नेतृत्व चयन गर्ने कि नगर्ने महाधिवेशनको हलले निर्धारण गर्छ’: प्रदीप पौडेल