कर्फ्यू जारी भएपछि बानेश्वर क्षेत्रमा सेना परिचालन

सफल खबर संवाददाता

सोमबार, २३ भदौ २०८२, १३ : २१
कर्फ्यू जारी भएपछि बानेश्वर क्षेत्रमा सेना परिचालन

काठमाडौं । जेनजीको प्रदर्शनमा बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएपछि सेना परिचालन भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै संसद भवन छिरेपछि कर्फ्यू लगाइएको थियो । त्यसपछि सेना परिचालन गरिएको हो ।

जेनजीहरुको प्रदर्शनमा संसद भवनभित्र समेत प्रदर्शनकारी छिरेका थिए । सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेनजीहरुले सोमबार प्रदर्शन सुरु गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस