काठमाडौं । काठमाडौंको गोकणेश्वर नगरपालिका ४ माकलबारी रत्नचोकबाट आइतबार मोटरसाईकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ घर भई हाल काठमाडौंको माकलबारी बस्ने २३ वर्षीय सोनाम दावा शेर्पा रहेका छन् ।
वास्तविक नम्बर बागमती प्रदेश ०२- ०५३ प २८१० रहेको मोटरसाईकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४५ प ६४०३ राखि चलाइरहेको अवस्था फेला पारी शेर्पालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त मोटरसाईकल रामेछाप घर भएका पदम बहादुर थापा मगरले भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
मोटरसाईकल सहित नियन्त्रणमा आएका उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त ठिमी, भक्तपुर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०८२, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव बेचबिखनका आरोपी २० वर्षपछि पक्राउ
पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
चार महिने छोराको हत्या अभियोगमा असई पक्राउ
हायात क्यासिनोमा आगजनी र चोरीमा संलग्न दुई जना पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ
रौतहटमा नक्कली नोटसहित तीनजना पक्राउ