काठमाडौ । सोमबार ‘जेनजी’ (सन् १९९७–२०१२ भित्र जन्मिएको पुस्ता)ले राजधानीमा विरोध प्रदर्शन गर्ने भएका छन् ।
सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि ‘जेनजी’ पुस्ता सडकमा ओर्लिन लागेको हो । भ्रष्टाचार अन्त्यसहितका विषयलाई प्रदर्शनको मुख्य नारा बनाइएको छ ।
प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन साहले समेत समर्थन जनाएका छन् । त्यस्तै, व्यवसायी दुर्गा प्रसाईंले पनि सोमबारको प्रदर्शनमा साथ दिने बताइरहेका छन् । तर उनीहरु आफैँ सहभागी भने हुनेछैनन् ।
सरकारले केही दिनअघि मात्रै सामाजिक सञ्जाल निर्देशिका, २०८० अनुरूप सूचीकरण नभएका फेसबूक लगायत सामाजिक सञ्जाललाई निष्क्रिय बनाउने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि युवाहरूको ठूलो जमातले असन्तुष्टि व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०८२, ०७ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै
जेनजी अभियन्ता यादव रास्वपाको राजनीतिमा, समानुपातिक उम्मेदवार बनाउने तयारी
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
माइतीघरमा सरकारविरुद्ध जेनजीको प्रदर्शन
जेनजी आन्दोलनका क्रममा चितवनमा आगजनी गर्ने ४३ जना पक्राउ
जेनजीसँगको वार्तापछि सामान्य बन्दै सिमरा