काठमाडौ । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको सन्दर्भमा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले तीव्र आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बाँस्कोटाले सूचना रोक्ने प्रयास गलत भएको टिप्पणी गरेका हुन्।
बाँस्कोटाले भनेका छन्, “नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले। तर सरकारले उत्तर कोरिया पो बनाउने भएछ। बिकृति अन्त्य गर्न सूचनामा विर्को लगाउने हैन नि।”
उनको भनाइमा सरकारले कानुनी संरचना र प्रविधिमार्फत व्यवस्थित नियमन गर्नुको सट्टा सामाजिक सञ्जाल बन्द गरेर नागरिकको स्वतन्त्रतामाथि प्रहार गर्न खोजेको संकेत छ।
हालै सञ्चार मन्त्रालयले सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने भन्दै फेसबुक, ट्वीटर, युट्युब, वीच्याटसहित २६ वटा सामाजिक सञ्जाल नेपालमा बन्द गर्ने तयारी गरेको छ। मन्त्रालयले दर्ता नभएका सञ्जाललाई निष्क्रिय बनाउने र प्रक्रिया पूरा गरेपछि मात्र पुनः सक्रिय गर्ने निर्णय गरेको हो।
सरकारको यस कदमलाई लिएर सामाजिक सञ्जालमै व्यापक विरोध भइरहेको छ। धेरैले यसलाई सूचना र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने कदम भनेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० भदौ २०८२, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन' : गोकुल बास्कोटा
गोकुल बास्कोटाको ओली लक्षित टिप्पणी : 'पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन'
गगन-विश्वका राजनीतिक एजेन्डा ठिक देखिए: गोकुल बास्कोटा
पाकिस्तान र बंगलादेशको जस्तो प्रतिशोधको राजनीतिले टुसा हाल्यो : गोकुल बास्कोटा
अव कुलमान–प्रचण्ड पनि मिल्छन् झैँ लाग्छ ! : गोकुल बाँस्कोटा
चुनाव हुँदैन भन्ने, भित्रभित्रै उम्मेदवारको नाम बटुल्ने ? : गोकुल बास्कोटा