काठमाडौ । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको सन्दर्भमा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले तीव्र आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बाँस्कोटाले सूचना रोक्ने प्रयास गलत भएको टिप्पणी गरेका हुन्।
बाँस्कोटाले भनेका छन्, “नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले। तर सरकारले उत्तर कोरिया पो बनाउने भएछ। बिकृति अन्त्य गर्न सूचनामा विर्को लगाउने हैन नि।”
उनको भनाइमा सरकारले कानुनी संरचना र प्रविधिमार्फत व्यवस्थित नियमन गर्नुको सट्टा सामाजिक सञ्जाल बन्द गरेर नागरिकको स्वतन्त्रतामाथि प्रहार गर्न खोजेको संकेत छ।
हालै सञ्चार मन्त्रालयले सर्वोच्च अदालतको परमादेश र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने भन्दै फेसबुक, ट्वीटर, युट्युब, वीच्याटसहित २६ वटा सामाजिक सञ्जाल नेपालमा बन्द गर्ने तयारी गरेको छ। मन्त्रालयले दर्ता नभएका सञ्जाललाई निष्क्रिय बनाउने र प्रक्रिया पूरा गरेपछि मात्र पुनः सक्रिय गर्ने निर्णय गरेको हो।
सरकारको यस कदमलाई लिएर सामाजिक सञ्जालमै व्यापक विरोध भइरहेको छ। धेरैले यसलाई सूचना र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने कदम भनेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० भदौ २०८२, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एकताको आवश्यकता याद गर्नु वाहियात : गोकुल बाँस्कोटा
'परिस्थिति अझै खराब दिशातर्फ नजाला भन्ने अवस्था छैन' : गोकुल बाँस्कोटा
पार्टी छिटो पुनर्गठन गरौं: गोकुल बास्कोटा
तत्काल पार्टी फोरम आयोजना गर, हाइज्याक प्रयास नगर: गोकुल बास्कोटा
लिपुलेक प्रकरणमा नेपालले प्रष्ट अडान राखेको छ : गोकुल बास्कोटा
संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ? भन्दै संसदमा गोकुल बाँस्कोटाले उठाए प्रश्न