काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रतिवेदन प्रस्तुतीकरण सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्रलगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।
राजनीतिक प्रतिवेदनपछि पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसैगरी, केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ-आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने महासचिव पोखरेलले जानकारी दिए।
त्यसपछि स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मतको दस्तावेज प्रस्तुत गर्ने भएका छन् । विभिन्न १० समूह विभाजन गरी प्रस्तुत प्रतिवेदनहरूमाथि छलफल गरिने छ । गोदावरीमा जारी तीन दिने विधान महाधिवेशनमा दुई हजार २६ प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० भदौ २०८२, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन :अब बुधबार बिहान् ८ बजेबाट मात्रै मतदान
३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्द सत्र
एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत
एमाले महाधिवेशनका लागि च्यासलमा नमुना भोटिङ मेसिन राखियो
एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुने, १० हजार स्वयंसेवक परिचालिन गरिँदै
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने