काठमाडौं । आजबाट नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुने विधान अधिवेशनको उद्घाटन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् ।
उक्त महाधिवेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पनि पेस हुँदै छ । थापाले ७० वर्षे उमेर हद र २ कार्यकाल कायम राख्नुपर्ने, पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता निष्क्रिय गर्न नहुने, पार्टी कमिटीहरू लोकतान्त्रिक ढंगले चयन हुनुपर्ने लगायतका विषय समेटेर फरक मत लग्ने भएका हुन् ।
बिहीबार नै बसेको सचिवालय बैठकले थापाको फरक मतलाई स्विकार्दै विधान महाधिवेशनमा छलफलका लागि पठाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । खासगरी एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नहुने भनिरहेका बेला थापाले भण्डारीलाई रोक्न नहुने बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० भदौ २०८२, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत