काठमाडौँ । सामाजिक सञ्जाल सूचीकरणका लागि सरकारले दिएको ७ दिने समयसीमा बुधबार मध्यरातमा सकिएपछि अबको निर्णयबारे छलफल गर्न सञ्चार मन्त्रालयमा बैठक बसिरहेको छ ।
दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गर्ने र प्रक्रियामा आएपछि पुनः सक्रिय गर्ने तयारी सरकारको रहेको छ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, सहसचिव तथा सञ्चार महाशाखा प्रमुख गजेन्द्रकुमार ठाकुर, सूचना प्रविधि महाशाखा प्रमुख सहसचिव आदेश खड्का र नेपाल दुरसञ्चार प्राधिकरणका पदाधिकारी बैठकमा सहभागी छन् ।
बैठकमा कुन किसिमको प्रक्रिया अपनाएर सामाजिक सञ्जाल निष्क्रिय गर्ने र कार्यान्वयन कसरी अघि बढाउने भन्ने विषयमा छलफल भइरहेको जनाइएको छ । नेपालमा भाइबर, टिकटक, विटक, निम्बजजस्ता सामाजिक सञ्जाल सूचीकरण भइसकेका छन् भने टेलिग्राम र ग्लोबल डायरी सूचीकरण प्रक्रियामा छन् । तर, फेसबुक, ट्वीटर (एक्स), वाट्सएपलगायतका सामाजिक सञ्जाल सूचीकरण प्रक्रियामा नआएको मन्त्रालयले जनाएको छ ।
यी कम्पनीलाई मन्त्रालयले यसअघि नै इमेलमार्फत सूचीकरणमा आउन पत्राचार गरिसकेको थियो । तर तोकिएको समयसीमा भित्र दर्ता नभएपछि आगामी कदमबारे निर्णय गर्न छलफल भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ भदौ २०८२, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
सरकारले खुलायो सामाजिक सञ्जाल
यी हुन् नेपालमा दर्ता भएका र नभएका सामाजिक सञ्जाल (सूचीसहित)
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय
बिहीबारदेखि सामाजिक सञ्जाल बन्द गर्ने सरकारको तयारी