काठमाडौँ । यही भदौ २०-२२ मा हुन लागेको नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको तयारी गोदावरीमा धमाधम भइरहेको छ । गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन हुँदै छ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नाराका साथ हुने महाधिवेशनको तयारी करिब पूरा भएको पार्टीले जनाएको छ ।महाधिवेशनस्थल सनराइज हलको प्रांगणमा पुष्पलाल, मदन भण्डारी, मनमोहन, केपी ओली साथै मार्क्स, एंगल्स र लेनिनको कटआउट राखिएको छ ।
कार्यक्रमको तयारीबारे आज एमाले प्रचार विभागले पत्रकार सम्मेलन गर्दैछ । महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधिसहित २३ सय ४९ जना सहभागी हुँदैछन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
पब्लिक डिबेटका लागि तयार भएका ओलीले भने : 'एमाले देश बनाउने तर्फबाट मैदानमा छ'
दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश
मनाङमा एमाले र राप्रपाका उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
ओखलढुंगामा एमालेको असन्तुष्टि झन् चर्किदो, बहुसंख्यक नेता आज नेकपामा समाहित हुँदैं
एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने