काठमाडौँ । यही भदौ २०-२२ मा हुन लागेको नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको तयारी गोदावरीमा धमाधम भइरहेको छ । गोदावरीस्थित सनराइज हलमा विधान महाधिवेशन हुँदै छ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नाराका साथ हुने महाधिवेशनको तयारी करिब पूरा भएको पार्टीले जनाएको छ ।महाधिवेशनस्थल सनराइज हलको प्रांगणमा पुष्पलाल, मदन भण्डारी, मनमोहन, केपी ओली साथै मार्क्स, एंगल्स र लेनिनको कटआउट राखिएको छ ।
कार्यक्रमको तयारीबारे आज एमाले प्रचार विभागले पत्रकार सम्मेलन गर्दैछ । महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधिसहित २३ सय ४९ जना सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत