काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेको पर्सि शुक्रबार (२० भदौ) बाट विद्यान महाधिवशेन हुँदैछ । ललितपुरको गोदावरीमा शुरु हुन लागेको विद्यान महाधिवेशनमा एमालेले पार्टीभित्र दुई कार्यकाल कार्यकारी, उमेर हद र पूर्व राष्टपति विद्यादेवी भण्डारीको सदस्यता लगायतका विषयमा गर्मागर्मी बहस हुँदैछ । यो बहसलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले सुन्न चाहेका छैनन । उनले गत सचिवालय बैठक हुँदै केन्द्रीय समितिबाट नै पार लगाईसकेको र यसैमा फेरि अल्झेर बहस गर्न नपर्ने भन्दै रोक लगाउन खोजिरहेका छन् । तर एमालेभित्र उनले रोक्न खोजेजस्तो पूर्व राष्टपति भण्डारीको सदस्यता, उमेर हद र दुई कार्यकाल कार्यकारीको बहस सेलाउने संकेत देखिएको छैन ।
केन्द्रीय कमिटिको बैठकबाट जर्वजस्त फरक मत राख्न खोज्ने नेताहरुलाई निषेध गरेर ओलीले आफु फेरि एमालेको अध्यक्षमा तेहरिन आफु अनुकुलका निर्णय गराएका थिए । केन्द्रीय कमिटिमा हुलमुलका बीच उपाध्यक्षद्दय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली स्थायी समिति सदस्य कर्ण थापा लगायत नेताले राखेको फरक मतको पनि कुनै सुनुवाई नै नगरी र पार्टीको सर्कुलरमा समेत त्यसबारेमा केही उल्लेख नगरी निषेधात्मक शैलीमा ओलीले चाहे अनुसारको निर्णय गरिएको थियो । त्यसपछि पारित गरिएको विधानमा प्रदेश र जिल्ला तहमा सुझाव माग गरिएको थियो । ती सुझावहरुलाई पनि समावेश गरेर विधान महाधिवशेनमा प्रस्तुत गर्ने दस्तावेजहरुका बारेमा छलफल गर्न फेरि केन्द्रीय कमिटि बैठक बोलाउने बताइएको थियो । तर ओलीले विधान महाधिवेशन अगाडी केन्द्रीय कमिटि नबोलाउने रणनीति बनाएका छन् । १३ भदौंमा बोलाइएको केन्द्रीय कमिटि अनिश्चितकालका लागि स्थगित गरेका ओली त्यसपछि चीन भ्रमणमा गएका थिए । १४ भदौं देखि चीन भ्रमणमा रहेका ओली आज स्वदेश फर्कदैछन् । त्यसपछि उनले भोलीका लागि सचिवालय बैठक बोलाएका छन् ।
सचिवालय लगत्तै विधान महाधिवेशन गर्ने र केन्द्रीय कमिटि, स्थायी कमिटि भने यो बीचमा नबस्ने गरी ओलीले तयारी गरेका छन् । यसो हुनुको पछाडी प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीलाई पार्टीभित्र आफु अनुकुल गराइएको निर्णयमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षद्दय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, स्थायी समिति सदस्य कर्ण थापा लगायत नेताहरुले संगठित रुपमा नै राख्न खोजेको फरक मतको डर हो । केन्द्रीय कमिटि नबोलाई भदौ १९ गते (भोली बिहिबार) दिउँसो ३ बजे पार्टी मुख्यालय च्यासलमा बस्नेगरी ओलीले सचिवालय बैठक बोलाएका छन् ।
भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुने विधान महाअधिवेशनमा प्रस्तुत गर्ने अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन पारित गर्नका लागि एमालेले सचिवालय बैठक बोलाएको हो । पार्टीका तल्ला कमिटीहरूबाट विधानमा संशोधनका लागि सुझाव समेत मागेको एमालेले ती सुझाव भने संशोधनमा समेटेको छैन् । यसअघि अध्यक्ष ओली इच्छामा संशोधनका लागि राखिएको व्यवस्था नै हुबहु रहेको छ ।
सचिवालयमा तीन नेताहरु पोखरेल, पाण्डे र ज्ञवालीलाई पेलपाल पार्ने र फरक मत राख्नै नदिने रणनीतिसहित ओलीले अरु कमिटि बैठक छलेर सचिवालय मात्र राख्न खोजेका हुन् । पोखरले, पाण्डे र ज्ञवालीले भने फरक मत राख्न नदिए फरक दस्तावेज नै विधान महाधिवेशनमा राख्ने गरी तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ भदौ २०८२, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बादलको अभिव्यक्तिप्रति एमाले उपाध्यक्ष पौडेलले जनाए आपत्ति
ओली र लेखकलाई पक्राउ गरेकोप्रति एमालेको आपत्ति, तत्काल रिहाइ गर्न संसद्बाट माग
एमाले राष्ट्रिय सभा संसदीय दलको नेतामा डा. प्रेम दंगाल चयन
एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने
एमाले दलकाे नेतामा भएन सहमति, थापा र नेम्वाङबीच प्रतिस्पर्धा
संसद अधिवेशनअघि एमाले संसदीय दलको बैठक आज