काठमाडौं । सोमबार सेयर बजार १२.०३ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २७६१.८६ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि ११ : ४१ बजे नेप्से २७४१ अंकसम्म झरेको थियो । जुन विन्दु आजका लागि न्यूनतम रह्यो । त्यसपछि सामान्य उतारचढावमा रहेको बजारले २ बजेपछि वृद्धिको लय समात्यो ।
कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब ६ करोडको कारोबार भएकोमा आज ५ अर्ब १० करोडको भयो । आज बैंकिङ सेक्टरले समग्र बजारलाई बढाएको छ । बजारको शक्तिशाली समूह बैंकिङ सबैभन्दा धेरै १.५० प्रतिशत बढ्यो ।
त्यस्तै विकास बैंक ०.५२, फाइनान्स ०.१४, होटल तथा पर्यटन ०.४३, हाइड्रोपावर ०.०८, लगानी ०.१८, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा ०.३० प्रतिशत बढे । जीवन बीमा स्थिर रह्यो ।
व्यापार ०.८५ तथा अन्य ०.०३ प्रतिशत घटे । हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै ६.०७ प्रतिशत बढ्यो । हालै बजारमा सूचीकृत यो कम्पनीको मूल्य प्रतिकित्ता २६७.५० रुपैयाँ पुगेको छ । त्यस्तै स्टान्डर्ड चार्टर्ड बैंकको ४.०८, सिद्धार्थ बैंकको ३.२८, महिला लघुवित्तको ३.२१ प्रतिशत मूल्य बढ्यो ।
उन्नति सहकार्य लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.६८ प्रतिशत घट्यो । विकास हाइड्रोपावरको ४.८८, पियोर इनर्जीको ४.७१, पिपुल्स पावरको ३.६५ तथा नारायणी डेभलपमेन्ट बैंकको ३.३४ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल रिइन्स्योरेन्स, एभरेस्ट बैंक, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र कुमारी बैंक छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ भदौ २०८२, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार
२८ सय नाघ्यो सेयर बजार
सेयर बजार २७३९ अंकमा
सेयर बजार २७६७ अंकमा झर्यो
सेयर बजारका सबै सूचक बढे, कारोबार घट्यो