१७ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

सफल खबर संवाददाता

सोमबार, १६ भदौ २०८२, १० : ३५
१७ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार सात सय रुपैयाँले बढेर दुई लाख ५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा दुई लाख ३ हजार ६ सय रुपैयाँमा कायम भएको थियो । यस्तै, चाँदीको मूल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार २ हजार ४ सय २५ रुपैयाँमा कायम भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस