काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला शक्ति परिवारको हिस्सा मात्रै नभएर सम्पूर्ण समाज परिवर्तनको आधार भएको बताएकी छन् ।
परिवार निर्माणदेखि उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, सामाजिक रुपान्तरणमा महिलाको योगदान सधैं अग्रपंक्तिमा रहेको उनले बताइन् ।
‘अब हामीले महिलाहरू पनि नेतृत्व गर्न, उद्यम सञ्चालन गर्न र समाज परिवर्तन गर्न पूर्णरूपमा सक्षम छन् भन्न सक्ने अवस्थाको सिर्जना गर्न सक्नुपर्दछ,’ उनले भनिन् ।
वीरगञ्ज जस्तो व्यापारिक केन्द्रमा महिलाले उद्योग, व्यापार र उद्यमशीलतामा अग्रणी भूमिका खेल्नु व्यक्तिगत सफलता मात्रै नभएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले प्रशंसा गरेकी थिइन् । त्यहाँको महिलाहरूको सक्रियता सिंगो देशकै अर्थतन्त्रलाई सुदृढ बनाउने यात्रा पनि भएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ भदौ २०८२, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्चार मन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
गृहमन्त्री र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
पूर्वराष्ट्रपति भण्डारीले प्रतिलिपि नागरिकता लिँदै
रक्षाबन्धनले आत्मीयताको सम्बन्धलाई प्रगाढ बनाउँछ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न ओली पनि च्यासलमा
ओलीसँग भेटवार्ता गर्न च्यासल जाँदै पूर्वराष्ट्रपति भण्डारी