पूर्वराष्ट्रपति भण्डारीले गरिन् जलेर नष्ट भएको संघीय संसद भवनको अवलोकन

सफल खबर संवाददाता

विहीबार, २५ मंसिर २०८२, १४ : ०९
पूर्वराष्ट्रपति भण्डारीले गरिन् जलेर नष्ट भएको संघीय संसद भवनको अवलोकन

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरेकी छिन् । बिहीबार पूर्व राष्ट्रपति भण्डारीले भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट जलेर नष्ट भएको नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरेकी हुन्।

पूर्व राष्ट्रपति भण्डारीलाई प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसद भवनमा भएको क्षतिका बारेमा जानकारी गराए।

संसद भवनको अवलोकन गरे पनि भण्डारीले आफूलाई संसद भवनको अवस्था देखेर दुःख लागेको बताइन्।

जेन जेड आन्दोलनका क्रममा संसद् भवनसहितका संरचनामा आगजनी र तोडफोड हुँदा ठूलो क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस