काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् । तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज बिहान ७ बजे उनी चीन प्रस्थान गरेका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने टुंगो लागेको छ । ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटघाट गर्ने कार्यक्रम छ ।
उनले भदौ १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । एससीओ शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ भदौ २०८२, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ : प्रधानमन्त्री कार्की
सेनालाई प्रधानमन्त्रीको निर्देशन : आगामी चुनावमा एक थोपा रगत नबगोस्, कोही घाइते नहून्
एकीकृत, दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री
अबको मन्त्रिमण्डलमा महिलालाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री कार्की